काठमाडौं । जर्मनीको ड्रेस्डेन खुला कराँते प्रतियोगितामा २०२४ मा सहभागी हुन चार सदस्यीय टोली बिहिबार जर्मनी प्रस्थान गरेको छ । मार्सल आर्ट्स एकेडेमीकी सायाङ लामाले ३६ केजी तौलसमूहको कुमुतेमा प्रतिस्पर्धा गर्नेछिन् । जनवरी २७ तारिख (शनिबार) हुने प्रतियोगितामा सायाङले स्पर्धा गर्न लागेकी हुन् । सायाङको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हो । टिम व्यवस्थापकमा एकेडेमीकी…