काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा दिल्लीले लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । पहिला ब्याटिङ गर्दै लखनऊले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । जवाफमा दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो…