काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो व्यावसायिक कारोबारमा बाह्य लगानी भित्र्याउने विवादास्पद प्रस्ताव फिर्ता लिएको छ । सदस्य राष्ट्र तथा फुटबल संघहरूको तीव्र विरोधपछि फिफाले उक्त योजना अघि नबढाउने निर्णय गरेको हो । फिफाले विश्वकपसहितका आफ्ना प्रमुख प्रतियोगिताको व्यावसायिक व्यवस्थापन गर्न छुट्टै संस्था स्थापना गरी त्यसमा करिब २० प्रतिशत हिस्सा बिक्री गर्ने प्रस्ताव…