Logo

Breaking News 1

सन्दीप लामिछानेले टी–२० विश्वकपको वेस्ट इण्डिजमा हुने खेल खेल्ने



काठमाडाैं । नेपाली स्टार लेगस्पिनर सन्दीप लामिछानेले जारी नवौँ संस्करणको आईसीसी टी–२० विश्वकपको वेस्ट इण्डिजमा हुने बाँकी खेल खेल्ने भएका छन् । सन्दीप वेस्ट इन्डिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । 

क्यानले विज्ञप्ति जारी गर्दै पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेस गरेको उल्लेख गरेको छ । 

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ७ : ४४ बजे