Logo

Breaking News 1

नेपाल र श्रीलंकाबीचको खेल वर्षाले सुरु हुन सकेन



काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेलमा पानी परेपछि टसमा ढिलाइ भएको छ ।

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा आज बिहान हुने भनिएको खेलमा पानी परेपछि टसमा ढिलाइ भएको हाे ।

खेल सुरु हुनुभन्दा आधा घन्टा अगाडि टस हुनु पर्नेमा वर्षाका कारण ढिलो भएको छ । मैदानमा सिमसिम पानी पर्दा टस पनि हुन नसकेको हाे । 

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ६ : १४ बजे