काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेलअघि अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेजले टोलीको एकता र आपसी सम्बन्धबारे भावुक सन्देश दिएका छन् । साविक विजेता अर्जेन्टिनाले आइतबार न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक मार्टिनेजले सामाजिक सञ्जाल ‘एक्स’ मा अर्जेन्टिना टोलीको तस्बिर सार्वजनिक गर्दै टोलीभित्रको बलियो सम्बन्ध र एकताप्रति गर्व…