काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले इलाम-२ मा उम्मेदवारी नदिने भएको छ । एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई समर्थन गर्ने गरी माओवादीले उम्मेदवारी नदिने कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले सङ्केत गरे । यद्यपि माओवादी केन्द्रका महासचिव देव गुरुङले यस विषयमा एमाले र माओवादीबिच कुनै सहमति नभएको बताए । उनले वामपन्थीहरूबिच सहमति भए त्यहीअनुसार निर्णय हुने जानकारी…