Logo

निर्वाचन विशेष

पहिचानको मुद्दालाई कांग्रेसले सम्हालेर अगाडि बढाउँछः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उत्तेजना र भड्कावको राजनीति गर्न नहुने बताएका छन् । आज इलाम क्षेत्र नम्बर २ अन्तर्गत सिकारी भञ्ज्याङमा आयोजित पार्टीको कोण सभालाई सम्बोधन गर्दै उनले अहिलेको परिस्थितिमा उचाल्नेभन्दा पनि सम्हालेर लानेको आवश्यकता रहेको बताएका हुन् ।

महामन्त्री थापाले विगतमा पनि कांग्रेसले कठिन परिस्थितिलाई सम्हालेको स्मरण गराउँदै कोशी प्रदेशमा जटिल बन्दै गएको पहिचानको मुद्दालाई पनि सम्हालेर अगाडि लैजानुपर्ने बताए ।

०४८ मा कांग्रेसले दुई तिहाइ बहुमत पाएको प्रसंग स्मरण गराउँदै उनले त्यसबेला पनि कांग्रेसले उत्तेजनाको कुरा नगरेको बताए । उनले वर्तमान संविधान बन्दै गर्दा पनि नेकपा (एमाले) ले ‘माओवादीलाई ठेगान लगाऔं’ भन्दा कांग्रेसले नै माहोल सम्हालेको दाबी गरे । अब पछिल्लो समय जटिल बन्दै गएको पहिचानको मुद्दालाई पनि कांग्रेसले सही तरिकाले अगाडि बढाउने उनको भनाइ छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ३ : ०४ बजे