Logo

निर्वाचन विशेष

उपनिर्वाचन : बझाङ प्रदेश सभा १ का लागि १२ जनाको उम्मेदवारी



काठमाडौं । आउँदो वैशाख १५ गते हुने बझाङ प्रदेश सभा क्षेत्र नं १ को उपनिर्वाचनका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार तोकिएको समयभित्र १२ जनाले दर्ता प्रमाणपत्र बुझेका छन् ।

एमालेबाट दमनबहादुर भण्डारी, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, जसपाबाट रामबहादुर जाग्री र राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै कांग्रेसका तर्फबाट अभिषेकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

इलाममा एमालेका उम्मेदवारलाई समेत समर्थन गरेको माओवादी केन्द्रले बझाङमा भने आफ्नै उम्मेदवार अघि सारेको छ ।
माओवादी केन्द्रबाट जनकबहादुर बुढाले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी, नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्ट नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्काले उम्मेदवारी दर्ता गरेको बताइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ६ : ४९ बजे