रोल्पा । रोल्पा जिल्लामा माओवादी केन्द्रका विरुद्धमा अन्य दलहरुले गठबन्धन गरेका छन् । एमाले, कांग्रेस र विप्लव नेतृत्वको नेकपाले गठबन्धन गरेका छन् । तर अहिलेसम्म मत परिणाम घोषणा भएका मध्ये सबैमा माओवादी केन्द्रको मात्रै विजयी भएको छ । रोल्पा नगरपालिका– १ को वडाध्यक्षसहितको प्यानल माओवादी केन्द्रले जितेको छ । वडाध्यक्षमा माओवादी केन्द्रका खुमबहादुर थापामगरसहितको प्यानल…