Logo

निर्वाचन विशेष

कैलालीमा चार स्थानीय तहमा मतगणना सुरु



धनगढी । कैलालीमा चार स्थानीय तहमा मतगणना सुरु भएको छ। नगरपालिका, बर्दगोरिया गाउँपालिका, कैलारी र जोशीपुर गाउँपालिकामा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ । प्रारम्भिक गणनाअनुसार गोदावरी नगरपालिकामा काँग्रेसले सुरुवाती अग्रता लिएको छ भने बर्दगोरिया गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

गोदावरीमा १३० मतगणना हुँदा काँग्रेसका उम्मेदवार वीरेन्द्र भट्टले ५९ र एमालेका उम्मेदवार गोकर्ण भट्टले ४५ मत पाएका छन् । उता बर्दगोरिया गाउँपालिकाको अध्यक्ष पदमा एमालेले सुरुवाती अग्रता लिएको छ भने उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।

१०० मतगणना हुँँदा एमालेका कर्ण कुँवरले ५०, कांग्रेसका शेरबहादुर कठरियाले २५ मत पाएका छन् । उता जोशीपुर गाउँपालिकामा पनि गणना सुरु भएको तर, विवाद भएपछि रोकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेद जोशीले जानकारी दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ११ बजे