Logo

काठमाडौं मेयर उम्मेदवार समीक्षा बास्कोटाले गरिन् मतदान

काठमाडौं । विवेकशील साझा पार्टीको काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार समीक्षा बास्कोटाले मतदान गरेकी छिन् । काठमाडौं मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुल केन्द्रबाट मतदान गरेकी हुन् । काठमाडौं महानगरपालिकामा विवेकशील साझाबाट मेयर र उपमेयरमा महिला उम्मेदवार छन् । उपमेयरमा कीर्ति तुलाधर उम्मेदवार बनेकी छन् ।