Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

निर्वाचन विशेष

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसको अग्रता



खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । २०० मत गणना हुँदा कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार नइन्द्र राईले ७७, उपाध्यक्षका उम्मेदवार रमा कट्वालले ८१, माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गोपालचन्द्र राईले ६४ र उपाध्यक्षका उम्मेदवार नैनकुमारी खत्रीले ६१, एमालेका अध्यक्षका उम्मेदवार लोकेन्द्र राईले ४६ र उपाध्यक्षका उम्मेदवार अरुणा थापा मगरले ४० मत ल्याएका छन् ।

दिप्रुङमा शुक्रबार मध्यराति १ः२० बजेदेखि मत गणना सुरु गरिएको हो । दिप्रुङमा १३ हजार ४३१ मतदातामध्ये ७ हजार ८०८ मत खसेको निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ३४ बजे