Logo

निर्वाचन विशेष

गोरखामा ६६ प्रतिशत मतदाताले मात्रै गरे मतदान



गोरखा । गोरखामा कुल मतदाता मध्य ६६.४५ प्रतिशतले मात्रै मतदान गरेका छन् । ११ वटा स्थानीय तह रहेको गोरखामा ३११ म्तदान केन्द्र र २१५ वटा मतदान स्थल रहेको थियो ।

निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीका अनुसार जिल्ला भर दुई लाख १८ हजार ५६३ मतदाता मध्य करिब ६६.४५ प्रतिशतले मात्रै मतदान गरेका छन् ।

‘सबै पालिकाबाट प्राप्त डाटा अनुसार जिल्ला भर करिब ६६ प्रतिशतले मतदान गरेको भन्ने छ । जिल्लाभर भएका मतदाता मध्य एक लाख ४५ हजार २४२ जनाले मात्रै मतदान गरेको भन्ने डाटा आएको छ’, उनले भने ।

विगतको बर्षमा भन्दा यसपालिको चुनावमा मतदान गर्नेहरुका संङ्ख्या कम छ । ‘भौगालिक बिकटताले गर्दा मतदान केन्द्रमा जान नसक्दा, वैदेशिक रोजगारिमा हुँदा, स्वदेशमा नै हुदा पनि विभिन्न पेशाब्यवसायले गर्दा समय नमिल्दा मतदान गर्नेहरुको संख्या अहि कम भएको हो’, सुवेदीले भने ।

कार्यालयले उपलब्ध गराएको तथ्याङक अनुसार अरिकोट गाउँपालिकामा १२ हजार ५९३ मतदाता मध्य ८ हजार १३९ मात्रै मत खसेको छ । आरुघाटमा १८ हजार ६७६ मध्य १२ हजार ५०४, गण्डकीमा १८ ५३१ कध्य १३ हजार १९०, गोरखा नगरपालिकामा ३५ हजा ०३१ मध्य २४ हजार ६०९, चुमनुब्रीमा ५१०२ मध्य ३ हजार ३३५, धार्चेमा १० हजार ८८६ मध्य ८ हजार ०७४, बारपाक सुलिकोटमा २० हजार ४९२ मध्य १३ हजार ०९३, पालुङटार नगरपालिकामा ३२ हजार ५९६ मध्य २१ हजार ०१९ मत खसेको छ ।

यस्तै, भिमसेन थापामा १९ हजार ७२२ मतदाता मध्य १२ हजार ७७१ मत, शहिदलखनमा २३ हजार ६१७ मध्य १५ हजार ३४५ र सिरानचोकमा २१३१८ मध्य १२ हजार १९८ मत खसेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ९ : ५६ बजे