Logo

Breaking News 1

काठमाडौं महानगरमा बालेनलाई पछ्याउँदै स्थापित, गठबन्धनकी सृजना सिंह धेरै पछि



काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै छ । अहिलेसम्म तीन वटा वडाको करिब १२ सय मतगणना भएको छ । त्यसमा स्वतन्त्र उमेदवार साहले ३८६ मत प्राप्त गरेका छन् ।

उनलाई अहिले नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । स्थापितले ३५१ मत प्राप्त गरेका छन् । त्यस्तै, पाँच दलीय सत्ता गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने २१९ मत प्राप्त गरेकी छिन् ।
अहिलेसम्मको परिणाम हेर्दा बालेन साह स्थापित भन्दा ३५ मतले अगाडि छन् भने श्रेष्ठभन्दा १६७ मतले अगाडि छन् । अन्य उम्मेदवारको मत नगन्य मात्र छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : ३३ बजे