Logo

Breaking News 1

काठमाडौं महानगरमा बालेनले सबैलाई उछिने



काठमाडौं । काठमाडौं महानगरपालिमा मेयर पदको मतगणना जारी छ । अहिलेसम्मको गणना नतिजा हेर्दा स्वतन्त्र उम्मेदवार बालेन साहले सबैलाई उछिनेका छन् । २ सय मत गणना हुँदा स्वतन्त्र उम्मेदवार साहले ७४ मत प्राप्त गरेको आग्रता कायम गरेका छन् ।

हालसम्म वडा नम्बर १ र ३२ को एक/एक सय मत गणना गरिएको छ । कांग्रेसकी सिर्जना सिंहले ४६ मत प्राप्त गरेकी छिन् । त्यसैगरी एमालेका केशव स्थापितले २८ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाले ३ मत प्राप्त गरेको छ ।
वडा नम्बर १ मा हालसम्म एक सय र वडा नम्बर ३२ मा २५ मत गणना गरिएको छ । वडा नम्बर १ मा गणना गरिएको सय मतमा सिंहले २९, साहले २० र स्थापितले १६ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।

३ लाख २ सय ४२ मत रहेको महानगरपालिकामा १ लाख ९० हजार १ सय ७० मत खसेको छ । त्यसैगरी उप मेयरमा एमालेकी सुनिता डंगोलले अग्रता कायम गरेकी छिन् । स्वतन्त्र उम्मेदवार साहको मत बढ्दै गएपछि मतगणनास्थलमा समर्थकको भीड लाग्न थालेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : ३५ बजे