Logo

Breaking News 1

बालेन साह फराकिलो मतान्तरले अघि



काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् ।

साहले ४८० मत पाएका छन् । दोस्रोमा रहेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २८० मत पाएकी छन् भने भने तेस्रोमा रहेका एमालेका केशव स्थापित २०० मत ल्याएका छन् ।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७९ मत पाएका छन् भने राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले २३ मत ल्याएका छन् । बालेनको भोट बढेपछि समर्थकहरुको मतगणनास्थलमा घुईंचो लागेको छ । अन्य पार्टीका कार्यकर्ता खासै छैनन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ४ : ५१ बजे

हेल्पिङ हर्ट नेपालको सहयोगमा विपन्न परीवारलाई कम्बल वितरण सिरहा । तराई मधेशका जिल्लामा चिसोबढेसँगै सिराहाका विभिन्न पालिकामा अतिविपन्न घर परीवारलाई कम्बल वितरण गरिएको छ।  हेल्पिङ हर्ट नेपालको सहयोगमा जिल्लाको लहान, गोलबजार, महनौर र अर्नमा गाउँ पालिकामा गरी २५० गरिव, दलीत, विपन्न तथा एकलमहिलालाई कम्बल प्रदान गरिएको हो । सिराहामा बढ्दो सितलहरका कारण विपन्न परिवारका सदस्यको कठ्याङ्ग्रिएर मृत्युसम्म हुने गरेकाले चिसोबाट जोगिन जिल्लाको लहान नगरपालिकाको ५ र १९ नम्वर वडामा ५०/५० थान, गोलबजार नगरपालिका ११ थान, नरहा गाउँपालिका ३ थान र खोरिया, अर्नमागाउँ पालिका १ थान, महनौरमा ५०/५० घर परीवारलाई कम्बल प्रदान गरिएको संस्थाका जिल्ला संयोजक जियाउद्दिन खानले बताए ।