हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाले पालिकाभित्रको भूमिसम्बन्धी समस्याहरू समाधान गर्न पहिलो चरणको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रम भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलको प्रमुख आतिथ्यतामा भएको हो । थाहा नगरपालिकाका १२ वडामध्ये २, ८, ९ र १० नम्बर वडामा जग्गा दर्ताको कुनै दाबी…