काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका एघारौँ तहका अधिकृतहरूको सरुवा तथा काज फिर्ता गर्दै जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय, विभाग र केन्द्रका केही महाशाखा प्रमुखहरूको जिम्मेवारी परिवर्तन गरेकी हुन् । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख दिवश आचार्यका अनुसार यसअघि रिक्त रहेको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी…