Logo

Breaking News 1

विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल आज नामिबियाको सामना गर्दै



काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज नामिबियाको सामना गर्दै छ । खेल नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा नेपाली समयअनुसार दिउसो २ः२५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा सम्पन्न पछिल्ला दुई शृंखलाका आठमध्ये ६ खेल जितेर नेदरल्यान्ड्स पुगेको नेपालको मनोबल उच्च छ । नेपाल यो शृंखलामा पनि त्यही लय कायम राख्ने योजनामा छ ।

अमेरिकाले ग्लोबल छनोटमा स्थान बनाइसकेको छ । अब तीन बाँकी तीन स्थानका लागि सात प्रतिस्पर्धामा छन् । 

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ९ : १६ बजे