Logo

काम अलपत्र पार्ने ठेकेदारको मेसिनमा लगाइएको ताला खोलियो

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतीको काम अलपत्र पार्ने निर्माण व्यवसायीको मेसिनमा लगाएको ताला खोलिदिएको छ । नगरपालिकाले दिक्तेलबजारस्थित अस्पतालचोक–लफ्याङको दुबेछिवा (३.७ किलोमिटर) सडक स्तरोन्नतीको काम अलपत्र पार्ने ढुकुचु–बगाले–बिएण्डटी जेभीले निर्माणस्थलबाट अन्यत्र लैजान लागेको अवस्थामा गत कात्तिक २० गते एउटा एक्स्काभेटर र एउटा व्याकहो लोडरलाई साङ्लोले बाँधेर ताला लगाएर रोकेको थियो ।…