Logo

Breaking News 1

धरान र इटहरीबाट १५ जना पहिचानवादी पक्राउ



काठमाडौँ । धरान र इटहरी सडकमा पहिचानका लागि आन्दोलनमा उत्रिएका १५ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आन्दोलनमा उत्रिएका कार्यकर्ताहरूले धरान र इटहरी सडक अवरुद्ध पारेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

धरान शिवधाराका १३ पेट्रोल पम्प र माछाभौदीका दुई क्षेत्रबाट ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

त्यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरीको बुढीखोलाबाट ६ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका नेताहरूमा रमेश राई, चन्द्रमाया लिम्बु, अमित राई, विष्णु तिगेला लिम्बु, पदम तामाङ, महेन्द्र गुरुङ, शिबु इस्बो लिम्बु, सागर धामी र तिएन सुब्बा रहेका छन् ।

यसबाहेक प्रहरीले धरानको माछाभौदीका थप तीन जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि नाम र पहिचान भने नखुलाइएको धरानका जेएसपी अध्यक्ष ताजुब लिम्बुले जानकारी दिए ।

साथै इटहरीका विद्यार्थी नेता लक्ष्मण खवाहाङ लिम्बु, ताराप्रसाद राई, ऐतराज लिम्बु, सरिता लोहोरुङ लगायतका नेताहरू हिरासतमा परेको बताइएको छ ।

नेकपा एमालेले आयोजना गरेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको समृद्धि यात्रामा अवरोध पुर्याएको आरोपमा गोपाल किरातीसहित एक दर्जनभन्दा बढी पहिचानका नेता पक्राउ परेका छन् ।

प्रदेश १ को नाम परिवर्तनका लागि संयुक्त सङ्घर्ष समितिका अनुसार यी नेताहरू लगायत अन्य नेताहरूले बिनासर्त रिहाइको माग गर्दै दुई दिने राज्य बन्दको आह्वान गरेका छन् ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ३ : २५ बजे