Logo

Breaking News 1

प्रदेश सभामा पेश भएको बजेट प्रतिस्थापन विधेयक पारित गर्न नदिने एमालेकाे चेतावनी



काठमाडौं। नेकपा एमालेले कोशी प्रदेश सभामा पेश भएको बजेट प्रतिस्थापन विधेयक पारित गर्न नदिने चेतावनी दिएको छ ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ल्याएको बजेट हेरफेर गरेर मुख्यमन्त्री केदार कार्कीले बजेत प्रतिस्थापन विधेयक सदनमा ल्याएका थिए । आफ्नो पार्टीको नेतृत्वमा बनेको सरकारले ल्याएका योजनाहरु हटाएर मुख्यमन्त्रीले मनपरी गरेको एमालेको आरोप छ ।

मंगलबार बसेको प्रदेश सभाको बैठकमा एमाले र राप्रपाले विरोध जनाएका हुन् । प्रदेश सभाको अध्यक्षता गरिरहेकी उपसभामुख सिर्जना दनुवार अष्ट्रेलिया गएपछि सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले एमोल राप्रपाको विरोधपछि एमाले कोशी प्रदेश संसदीय दलका उपनेता रामबहादुर रानालाई बोल्ने समय दिएका थिए ।

त्यसपछि आफ्नो धारणा राखेका रानाले मुख्यमन्त्री आफूहरुसँगको सहमति विपरित बजेट जथाभावी चलाएको आरोप लगाए । ‘यो बजेट फेल भयो भने के हुन्छ भन्ने कुरा यो सरकारले सोचेको छ कि छैन ?’, उनले भने।

मगरले रातो किताबमा धेरै योजना कटौती भएकोमा विरोध गर्दै मुख्यमन्त्रीले संसदमा गरेको प्रतिबद्धता र आफूहरुसँग भएको सहमतिविपरित बजेट आएको बताए ।

२४ भदौंमा तत्कालीन मुख्यमन्त्री हिक्मत काकीले ३६ अर्ब, ३४ करोड, ३५ लाख १० हजार बराबरको बजेट अध्यादेशमार्फत सार्वजनिक गरेका थिए । उक्त बजेटलाई शनिबार मुख्यमन्त्री केदार कार्कीले हेरफेर गर्दै ३६ अर्ब ७४ करोड भन्दा धेरैको बजेट प्रतिस्थापन विधेयक सदनमा दर्ता गराएका थिए । यो बजेट हिक्मत सरकारले ल्याएको भन्दा ५० करोड धेरैको हो ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  २ : १२ बजे