Logo

Breaking News 1

सर्वदलीय सहमतिको सरकार बनाउन आफू प्रतिबद्ध छु : मुख्यमन्त्री कार्की


२३ कार्तिक २०८०, बिहिबार  

69
Shares

कोशी। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू एमालेकै एजेन्डाअनुसार कोशीमा सर्वदलीय सहमतिको सरकार बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्।

बिहीबारको प्रदेश सभा बैठकमा एमाले सांसद बुद्धिकुमार राजभण्डारीको जिज्ञासामा जवाफ दिँदै मुख्यमन्त्री कार्कीले आफू एमालेलाई साथै लिएर हिँडेको बताएका हुन्।

जवाफमा मुख्यमन्त्री कार्कीले आफूले एमालेलाई सरकारबाट निकालेको नभई उसले नै आफ्ना पार्टीका मन्त्रीलाई फिर्ता बोलाएको बताए। मुख्यमन्त्रीले एमालेकै एजेन्डाको सर्वदलीय सरकार बनाउन आफू लागिपरेको बताएका छन्।

एमाले सांसद राजभण्डारीले कार्कीको प्रतिप्रश्न गर्न खोज्दा उपसभामुख सृजना दनुवारले उनलाई रोकिन्। काङ्ग्रेसबाट बिद्रोह गरेर एमालेको सहयोगमा मुख्यमन्त्री बनेका कार्कीले उसको सहमति बेगर नै गठबन्धन दललाई सरकारमा सामेल गराएपछि एमालेले सरकार छाडेको छ।

कोशी प्रदेशसभामा बिहीबार पहिलोपटक मुख्यमन्त्री केदार कार्कीले सासदका प्रश्नको उत्तर दिएका थिए। आठ जना सासदले लिखित रुपमा सोधेका प्रश्नको उत्तर मुख्यमन्त्रीले लिखित उत्तर दिएका थिए।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  १ : ३४ बजे