Logo

Breaking News 1

कोशीका मुख्यमन्त्री कार्कीले तोकिदिए तीन मन्त्रिको जिम्मेवारी



विराटनगर। कोशी प्रदेशका तीन मन्त्रीको जिम्मेवारी तोकिएको छ । 

मुख्यमन्त्री केदार कार्कीले यसअघि बिना बिभागीयको जिम्मेवारीमा रहेका तीन मन्त्रिलाइ जिम्मेवारी दिएका हुन ।  

जसअनुसार भौतिक पूर्वाधार मन्त्रालयमा कमलप्रसाद जबेगु, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा शम्सेर राई र पर्यटन वन तथा वातावरण मन्त्रालयमा गणेश उप्रेतीलाई जिम्मेवारी तोकिएको छ । 

यसरी जिम्मेवारी तोकिएको तीन मन्त्रीहरू तीन पार्टीका हुन । जसअनुसार कानुन मन्त्रालयको जिम्मेवारी पाएका राई नेपाली कांग्रेसमा शेखर कोइराला समूहका हुन् । 

पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका उप्रेती नेकपा माओवादीका हुन भने भौतिक मन्त्रालयका जिम्मेवारी पाएका जबेगु नेकपा एकीकृत समाजवादीका हुन् ।
 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ३ : ३४ बजे