काठमाडौं। संयुक्त राज्य अमेरिकामा एकसातादेखि तीव्र बन्दै गएको भिषण हिमपातका कारण १४ हजारभन्दा बढी उडान रद्ध भएका छन् ।शनिबारदेखि सोमबारसम्म १४ हजार ८ सयभन्दा बढी उडान रद्द भएका छन भने दशवटा राज्यमा आपतकाल घोषणा गरिएको छ । हिमपातका कारण खतरनाक सडक अवस्था सिर्जना भएसँगै विभिन्न राजमार्गहरू बन्द गरिएका छन् । फ्लाइटअवेयरको तथ्यांक उद्धृत गर्दै सिएनएनले…