Logo

Breaking News 1

इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको राष्ट्रपति ट्रम्पकाे घोषणा



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा गरेका छन् । उनले होर्मुज जलमार्ग पुनः खुल्ने र जहाजहरूको महसुलरहित आवतजावत सुरु हुने बताएका छन् । 

ट्रम्पले इरानमा अब आणविक हतियार चाहँदैन भनेर पनि दाबी गरे । उनले उपयुक्त समयमा युरेनियम हटाउन संयुक्त राज्य अमेरिकाले इरानसँग काम गर्ने सुझाव दिए ।

उनले सम्झौतामा हस्ताक्षरले इरानसँगको अमेरिकी सम्बन्धलाई ‘भिन्न र राम्रो’ बनाउने बताए । तर आफूहरुसँग अन्तिम विकल्प पनि रहेको उल्लेख गर्दै प्रक्रिया छिटो, सजिलै र सहज रूपमा अगाडि बढ्नुपर्ने बताए । 

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ६ : २५ बजे