काठमाडौं । स्कटल्यान्ड तीन खेलअगावै आईसीसी विश्वकप क्रिकेट लिग–२ च्याम्पियन बनेको छ । तालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डले जितसँगै ३३ खेलबाट ४८ अंक जोडेलगत्तै तीन खेलअगावै सात देश सम्मिलित लिग–२ च्याम्पियन बनेको हो । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियालाई १० विकेटले हराएसँगै स्कटल्यान्ड तीन खेल अगावै लिग–२ च्याम्पियन बनेको हो । जसअनुसार ओमानले ४४…