Logo

खेलकुद

इन्डियन प्रिमियर लिगमा कोलकाताको सानदार जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले सानदार जित निकालेको छ । कोलकाताले बिहीबार घरेलु मैदान इडेन गार्डेनमा सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध ८१ रनको फराकिलो जित निकाल्यो ।

कोलकाताले प्रस्तुत गरेको २०५ रनको लक्ष्य पछ्याउने क्रममा बेङ्लोरले १७.४ ओभरमा सबै विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो । त्यसअघि टस हारेर ब्याटिङमा आएको कोलकाताले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०४ रनको योगफल खडा गरेको थियो ।

जितसँगै दुई खेलबाट दुई अंक जोडेको कोलकाता तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट दुई अंक जोडेको बेङ्लोर तालिकाको सातौँ स्थानमा छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ७ : ५६ बजे