Logo

खेलकुद

राशफोर्डको गोलमा युनाइटेड विजयी



काठमाडौं । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई पराजित गरेको छ । बुधबार राति युनाइटेडको घरेलु मैदानमा भएको खेलमा म्यान्चेस्टरले १–० ले पराजित गरेको छ ।

पहिलो हाफको २७ औं मिनेटमा रासफोर्डले गरेको एक मात्र गोल युनाइटेडलाई तीन अंक दिलाउन पर्याप्त बन्यो । जितसँगै २८ खेलबाट ५३ अंक जोडेको युनाइटेड अंक तालिकाको चौथौ स्थानमा यथावत छ भने ब्रेन्टफोर्ड ४३ अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  १० : ३६ बजे