Logo

खेलकुद

बेन्जेमाको ह्याट्रिकमा रियल कोपा डेल को फाइनलमा



काठमाडौं । बार्सिलोनामाथि सानदार जित दर्ता गर्दै रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति बार्सिलोनाको घरेलु मैदानमा ४–० को जित दर्ता गर्दै रियल फाइनलमा प्रवेश गरेको हो । सो जीतमा कप्तान तथा फरवार्ड करिम बेन्जेमाको ह्याट्रिक गरेका थिए भने भिनिसियस जुनियरले एक गोल थपे ।

कप्तान बेन्जेमाको पासमा पहिलो हाफको इन्ज्युरी समयमा भिनिसियसले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए भने दोस्रो हाफको ५०औं मिनेटमा बेन्जेमाले व्यक्तिगत पहिलो गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

साथै, त्यसको ८ मिनेट पछि अर्थात ५८औं मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत थप गोल गर्दै रियल ३–० को फराकिलो अग्रतामा खेल लगिदिए । त्यसपछि ८०औं मिनेटमा बेन्जेमाले आफनो ह्याट्रिक पूरा गर्दै रियललाई फाइनलको सिट सुरक्षित गराए ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ९ : ५९ बजे