Logo

खेलकुद

आईपीएल : चेन्नाइ सुपर किंग्सद्वारा लखनउ सुपर जायन्ट्स पराजित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा चेन्नाइ सुपर किंग्सले सोमरबार लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको छ ।

अलराउण्डर मोइन अलीले शानदार बलिङ गर्दै ४ विकेट लिएपछि चेन्नाइले सिजनको पहिलो जित हात पारेको हो । चेन्नाइ उद्घाटन खेलमै गुजरात टाइटन्ससँग पराजित भएको थियो ।

घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । जवाफमा लखनउले २० ओभरमा ७ विकेट २०५ रन मात्र बनाउन सक्यो ।

लखनउका लागि ओपनर कायल मेयर्सले आक्रामक ब्याटिङ गर्दै लगातार दोस्रो अर्धशतक बनाए । उनले २२ बलमा ८ चौका र २ छक्का प्रहार गरी ५३ रन बनाए । निकोलस पुरनले १८ बलमा ३२, मार्कुस स्टोइनसले १८ बलमा २१, आयुष बदोनीले १८ बलमा २३ र कप्तान केएल राहुलले १८ बलमा २० रन बनाए । कृष्णपा गौथमले ११ बलमा अविजित १७ रन बनाए ।

चेन्नाइका लागि मोइन अलिले ४ ओभरमा २६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । तुसारदेश पान्डेले २ र मिचेल स्यान्टेनरले १ विकेट लिए ।

त्यसअघि ओपनर रुतुराज गाएकवाडले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गर्दा चेन्नाइले उच्च स्कोर बनाएको थियो । गायकवाडले ३१ बलमा ३ चौका र ४ छक्का मदतमा ५७ रन बनाए । पहिलो विकेटका लागि गायकवाडले र डेभोन कन्वेसँग ११० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । अर्का ओपनर डेभोन कन्वेले २९ बलमा ५ चौका र २ छक्का मद्तमा ४७ रन बनाए ।

शिवम दुवेले १६ बलमा २२ र मोइन अलिले १३ बलमा १९ रन बनाए । अन्तिम ओभरमा क्रिजमा पुगेका कप्तान महेन्द्रसिंह धोनीले दुई बलमा लगाता छक्का प्रहार गर्दै १२ रन जोडेका थिए तर तेस्रो बलमा आउट भए ।

अम्बादी राइडुले १४ बलमा समान २ चौका र छक्का प्रहार गरी अविजित २७ रन जोडे ।

लखनउका लागि मार्क वुड र रवि विश्नोइले तीनरतीन विकेट लिए । आवेश खानले उक विकेट लिए ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ८ : ३४ बजे