Logo

खेलकुद

रोल्पामा ठूलो राशिको खुल्ला भलिबल प्रतियोगिता हुँदै



रोल्पा । रोल्पामा ठूलो राशिको खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारामा रहेको लाली गुराँस युवा क्लबले आफ्नो २५ औं बार्षिक उत्सवको अबसरमा ठूलो राशिको खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेको हो । हरेक बर्ष आफ्नो बार्षिक उत्सव सञ्चालन गर्दै आएको क्लबले यस पटकको नयाँ बर्ष २०८० बैशाख ५ गतेदेखि १० गतेसम्म आफ्नो २५ औं बार्षिक उत्सवको आयोजना गरेको छ । ‘सभ्य समाजका लागि संस्कृति, विकास र परिवर्तनका लागि युवा’ भन्ने मुलनाराका साथ लाली गुराँस युवा क्लबको २५ औं बार्षिक उत्सवको अवसरमा बृहत सांस्कृतिक तथा विविध खेलकुद प्रतियोगिताको आयोजना गरिएको लाली गुराँस युवा क्लबका अध्यक्ष बिनोद चन्द ठकुरीले जानकारी दिए । खेलकुद प्रतियोगिता तर्फ खुल्ला पुरुष भलिबल, खुल्ला महिला भलिबल, खुल्ला टु ए साइड बीच भलिबल, पुरुष रस्साकसी, महिला रस्साकसी, स्लो बाइक रेस, बुद्धिचाल, एकल नृत्य र भाले रेस लगायतको आयोजना गरिएको लाली गुराँस युवा क्लबले जानकारी दिएको छ ।

खुल्ला पुरुष भलिबल तर्फ प्रथम पुरस्कार नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र राखिएको छ ।द्वितीय पुरस्कार नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र राखिएको छ । तृतीय पुरस्कार नगद २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र राखिएको छ । सान्त्वना पुरस्कार १५ हजार र प्रमाणपत्र राखिएको छ । खुल्ला महिला भलिबल तर्फ प्रथम पुरस्कार नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र राखिएको छ । द्वितीय पुरस्कार नगद २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र राखिएको छ । तृतीय पुरस्कार नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र राखिएको छ । सान्त्वना पुरस्कार नगद १० हजार र प्रमाणपत्र राखिएको छ । खुल्ला टु ए साइड बीच भलिबल तर्फ बिजेता पुरस्कार नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र राखिएको छ भने उपबिजेता पुरस्कार नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र राखिएको छ । पुरुष रस्साकसी तर्फ प्रथम पुरस्कार नगद १० हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ । द्वितीय पुरस्कार नगद ६ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ । तृतीय पुरस्कार नगद ४ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ भने सान्त्वना पुरस्कार नगद २ हजार र प्रमाणपत्र राखिएको छ ।महिला रस्साकसी तर्फ प्रथम पुरस्कार नगद १० हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ । द्वितीय पुरस्कार नगद ६ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ । तृतीय पुरस्कार नगद ४ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ भने सान्त्वना पुरस्कार नगद २ हजार र प्रमाणपत्र राखिएको छ । स्लो बाइक रेस तर्फ प्रथम पुरस्कार नगद ६ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ । द्वितीय पुरस्कार नगद ४ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ । तृतीय पुरस्कार नगद २ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ ।बुद्धिचाल तर्फ प्रथम पुरस्कार नगद ४ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ । द्वितीय पुरस्कार नगद ३ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ । तृतीय पुरस्कार नगद २ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ, भने सान्त्वना पुरस्कार नगद १ हजार र प्रमाणपत्र राखिएको छ । एकल नृत्य तर्फ प्रथम पुरस्कार नगद ५ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ । द्वितीय पुरस्कार नगद ३ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ । तृतीय पुरस्कार नगद २ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ भने सान्त्वना पुरस्कार नगद १ हजार र प्रमाणपत्र राखिएको छ । भाले रेस तर्फ बिजेता पुरस्कार नगद २ हजार बराबरको भाले सहित मेडल र प्रमाणपत्र राखिएको लाली गुराँस युवा क्लबका सचीव दिपा थापा मगरले जानकारी दिएका छन् ।

साथै बैशाख ६ गतेका दिन बृहत सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । जसमा राष्ट्रिय स्तरका कलाकारहरु लोक दोहोरी गायक खुमन अधिकारी, लोक दोहोरी गायीका पूर्णकला बिसी, लोक गायक झन्कार बुढा मगर, हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र मोडल पुजन घिमिरे (पुकु)लगायत स्थानीय स्तरका कलाकारको बेजोड प्रस्तुति रहने समेत बताइएको छ । त्यस्तै लाली गुराँस युवा क्लबको २५ औं बार्षिक उत्सवलाई सभ्य र भब्य रूपमा सफल बनाउनका लागि र नयाँ बर्ष २०८० बैशाख ५ गतेका दिन उद्घाटन समारोहलाई सफल बनाउन जनप्रतिनिधि, विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, खेलप्रेमी, बुद्धिजीवी, ब्यापारी, सुरक्षाकर्मी, पत्रकार साहित्यकार, कलाकार, खेलाडी, शिक्षक, विद्यार्थी, युवा समूह, युवा क्लब, आमा समूह, पैसरु समूह, बाँजा समूह लगायत युवा क्लबलाई भौतिक तथा आर्थिक रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुलाई गरिमामय रूपमा उपस्थित भइदिन लाली गुराँस युवा क्लबका उपाध्यक्ष हिरालाल खड्काले आग्रह समेत गरेका छन् ।

लाली गुराँस युवा क्लब २०५५ सालमा विश्व कुमार चन्दले स्थापना गरेका थिए । उक्त युवा क्लबको संस्थापक अध्यक्ष चन्द रहेका छन ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ७ : १६ बजे