काठमाडौं । त्रिदेशीय शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालका लागि कुशल मल्लले दोस्रो सफलता दिलाएका हुन् । कुशलले ८.५ ओभरमा नेदरल्यान्ड्सका माइकल लेभिटलाई पभेलियनको दिशा देखाएका हुन् । नेपालविरुद्ध अर्धशतक बनाएका लेभिटले ३६ बलमा पाँच चौका र तीन छक्कासहित ५४…