Logo

खेलकुद

एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा



विराटनगर । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजलाई पराजित गर्दै आठौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद मैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा इटहरी गोल्डकपको बिजेता समेत रहेको चर्च ब्वाइजलाई २–० गोलले पराजित ग¥यो ।

जितसँगै एपीएफले बुधबार फाइनल प्रवेशको लागि सेमिफाइनलमा घरेलु टोली सांग्रीला मोरङ एफएसँग खेल्नेछ । जितको लागि एपीएपका प्रदिप लामा र अनिष महर्जनले गोल गरे । खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफले दोस्रो हालदेखि आक्रमक खेल पस्कियो ।

५७ औं मिनेटमा एपीएफका प्रदिपले मध्यभागबाट बललाई एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट आकर्षक गोल गरी टिमलाई अग्रता दिलाए । प्रदिपले अन्तिम डिफेन्डरलाई बिट गर्दै बल क्लियर गरेका थिए । ८१ औं मिनेटमा विदेश खेलाडी फोडे फोफोनाले निकालेको पासलाई एपीएफका अनिष महर्जनले गोल गरी टिमको जित सुनिश्चत गरे ।
छैठौं संस्करणको विराट गोल्डकपको बिजेता समेत रहेको एपीएफले दश महिनापछि शहिद स्मारक ए डिभिजन लिग फुटबलमा हारेको बदला समेत लिएको छ । लिग फुटबलमा चर्च व्वाईजले एपीएफलाई ४–१ गोलले पराजित गरेको थियो ।
चर्चब्जाइजको डिफेन्डर र रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै एपीएफले जित निकालेको थियो ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ७ : ४२ बजे