Logo

खेलकुद

कोपा इटालिया : सेमिफाइनलमा युभेन्टस विजयी



काठमाडौं । कोपा इटालिया अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा युभेन्टस विजयी भएको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले लाजियोलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसले घरेलु मैदानमा जित निकाल्दा फेडरिको चिएसा र डुवान भालोभिकले एक एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

५०औं मिनेटमा चिएसाले एन्ड्रिया कामवेसोको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । ६४औं मिनेटमा वेस्टन म्याकेनीको पासमा भालोभिकले गोल गरेपछि युभेन्टसले अग्रता दोब्बर बनायो । अब दोस्रो लेग २४ तारिखमा हुने छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ७ : ५१ बजे