काठमाडाैं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अमेरिकाले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार राति अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराएको हो । सुपर ओभरमा अमेरिकाले १८ रन बनायो भने पाकिस्तानले १३ रन मात्र बनाउन सफल भयो । जितसँगै अमेरिका समूह 'ए' को शीर्ष स्थानमा रहेको छ । आयोजक अमेरिकाले टी-ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको थियो ।…