Logo

खेलकुद

आईपीएल : लखनाउले बेंगलुरुलाई हरायाे



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनाउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको छ । मंगलबार बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट स्टेडियममा भएको खेलमा पाहुना टोली २८ रनले विजयी भयो ।

लखनाउले दिएको १८२ रनको लक्ष्य पछ्याएको घरेलु टोली १९ दशमलब ४ ओभरमा १ सय ५३ रन मात्र बनाउदै अल आउट भयो ।

बेंगलुरुका लागि महिपाल रुमरोरले १३ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३३ रन बनाए । रजत पाटीदारले २१ बलमा २ चौका र २ छक्काको सहयोगमा २९ रन बनाए । विराट कोहलीले १६ बलमा २ चौका र १ छक्काको सहयोगमा २२ रन बनाए।

लखनाउका लागि मंयक यादवले ३ तथा नभिन उल हकले २ विकेट लिए । यश ठाकुर, मनिमरन सिद्धार्थ, मार्कस स्टोईनेसले समान १र१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनाउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।

लगातार दोस्रो जितका साथ लखनाउ दश टिम सहभागी लिगको चौथो स्थानमा उक्लिएको छ। चौथो खेलमा तेस्रो हार व्यहोरेको बेंगलुरु पुछारबाट दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ६ : ५८ बजे