Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि पार्टी मुख्यालय पेरिसडाँडामा बोलाइएको छ ।बैठकमा प्रदेश सम्मेलनका विषयमा छलफल हुनेछ । प्रदेश सम्मेलन २५ गते हुँदैछ । यस्तै, ११ देखि १३ गतेसम्म हुने तय भएको राष्ट्रिय सम्मेलनबारे पनि विविध निर्णय हुने जनाईएको छ ।