Logo

मुख्य समाचार

काँग्रेस महाधिवेशन : आचारसंहिता जारी, मतदानस्थलमा मोबाइल निषेध



काठमाण्डाैँ: नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशनका लागि ६ बुँदे आचारसंहिता जारी गरेको छ । काँग्रेस निर्वाचन समितिले उम्मेदवार रहने केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकहरूको लागि आचारसंहिता लागू गरेको हो । 

जसअनुसार उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपील विवरणमा गर्न सकिनेछ । तर कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्नेगरी प्रचार-प्रसार गर्न रोक लगाइएको छ । 

यस्तै भृकुटीमण्डपस्थित महाधिवेशनस्थल अरपर ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको प्रचार सामग्री राख्न मनाही गरिएको छ भने मतदानस्थलभित्र प्रवेश गर्न प्रतिनिधिलाई मोबाइल निषेध गरिएको छ । 

काँग्रेसको निर्वाचन कार्यक्रम मंसिर २४ गते बिहान १० बजेदेखि सुरु हुनेछ । जसअनुसार मतदानको समय २७ गते बिहान ८ बजेदेखि तोकिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  १ : २४ बजे