Logo

मुख्य समाचार

नेपाली कांग्रेस संस्थापन समूह निष्कर्ष : देउवा नेतृत्व आवश्यक छ



काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन समूहले अझै एक कार्यकाल सभापतिमा शेरबहादुर देउवा नै दोहोरिनुपर्ने निष्कर्ष निकालेको छ । आज सभापति देउवाले आफ्नो निवास बूढानीलकण्ठमा डाकेको बैठकमा उनीनिकट नेताहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो । देउवाको समूहबाट पनि पदाधिकारीमा आउन चाहने नेताहरुको संख्या धेरै भएकोले यसको निर्णय गर्ने जिम्मा शीर्ष नेतालाई दिइएको छ । 

सहमहामन्त्री प्रकाशशरण महतले बैठकपछि भने ‘राष्ट्रिय राजनीतिमै हाम्रो सभापति शेरबहादुर देउवाजीको नेतृत्व स्थापित भएको बेला उहाँकै नेतृत्वमा कांग्रेस अगाडि बढ्नुको विकल्प छैन भन्ने निष्कर्ष रह्यो’ उनले भने ‘पार्टीभित्र उहाँले बहुमतको प्रयोग नगरी सहमतिका लागि प्रयास गर्दै आउनुभएको हो । अझै उहाँकै नेतृत्व अपरिहार्य छ भनेर हामीले निष्कर्ष निकाल्यौँ ।’   

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  २ : १० बजे