Logo

स्कुटरको ठक्करले पैदलयात्री महिलाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–५ को भित्री सडक खण्डमा स्कुटरले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको छ । हरैँचाबाट विराटनगर आइरहेको प्रदेश १–०२–०४७ प ५२२२ नम्बरको स्कुटीले सोमबार बेलुका ठक्कर दिँदा स्थानीय ६५ वर्षीया हशनीदेवी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करपछि सिकिस्त घाइते भएकी चौधरीलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङहोम ल्याइएको थियो ।…