Logo

मुख्य समाचार

स्रोतहरु सिमित छन,आवश्यकताहरु असिमित छन् : मन्त्री तामाङ



काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आगामी वर्षमा गर्न सक्ने कामहरुको बारेमा मन्त्रालय सकारात्मक रहेको विश्वास दिलाएका छन् । 

सोमबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १४ औं वार्षिकोत्सव समारोहमा उनले मुलुकमा स्रोतहरु सिमित र आवश्यकताहरु असिमित भएको भन्दै अगामी वर्षमा गर्नसक्ने काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने, ‘हाम्रो स्रोतहरु सिमित छन् । आवश्यकताहरु धेरै छन्, असिमित छन् । राष्ट्रिय अर्थव्यवस्था मात्रै होईन, अन्तर्राष्ट्रिय जगतसमेत केही वर्षदेखि अर्थतन्त्र लयमा आउन खाजेको छ तर अपेक्षित प्रगति भईरहेको छैन् । जसले गर्दा न्यूनतम गर्नैपर्ने विषयहरु पनि सम्बोधन गर्न नसकिने खालको अवस्था पनि जानकारी गराउन चाहन्छु । त्यही पनि मन्त्रालयको तर्फबाट आगामी वर्षमा गर्न सक्ने कामहरु धेरै हुदाहुदैँ पनि गर्न सक्ने कामहरुको बारेमा सकारात्मक रहेको विश्वास दिलाउन चाहन्छु ।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर र क्षेत्रीय स्तरमा पनि विभिन्न जातजाती समुदायको भाषा, संस्कृती र संगीतको व्यवस्थापन गर्ने उद्देश्यले गठित प्रतिष्ठान आपंmमा महत्व प्राप्त संस्था भएको पनि उनको भनाई छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ५ : ०८ बजे