काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत पक्राउ परेकामध्ये बुधबार ४ जनाको बयान लिइएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा अभियुक्तहरू नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित सानु भण्डारी, रामशरण केसी र गोविन्द चौधरीको बयान लिइएको हो । यसअघि ८ जनाको वयान भइसकेको छ । जेठ १२ गतेदेखि जिल्ला अदालत काठमाडौंमा जारी वयान अब ५…