Logo

मुख्य समाचार

लामिछानेले गरे आफू निर्दोष रहेको दाबी



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कहीँ कतै संलग्नता नभएको दाबी गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले कुनै पनि सहकारीको ठगीमा आफ्नो संलग्नता र प्रतिवादी नबनाइएको दाबी गरेका हुन् ।

दुई महिनापछि संसदमा बोल्न पाएका लामिछानेले भने, ‘सहकारी ठगीमा मेरो संलग्नता छैन । मलाई कहीँ कतै अभियोग लगाइएको छैन । विगत १५ वर्षदेखि मैले भ्रष्टाचारका फेहरिस्त हेरेको छु ।’

‘खसी, बोका, कुखुरा र हाँस बेच्ने नाम राज्य कोष दुरुपयोग गर्नेलाई पनि कारबाही गरौं । राहदानी दुरुपयोग गरेर जापान पठाउनेहरूलाई पनि कारबाही गरौं,’ उनले भने ।

उनले भावुक भनाइहरु राख्दै आफू सधैं तारो बनिरहेको बताए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ७ : ४५ बजे