काठमाडौँ। वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ । लामो समयदेखि दमको रोगबाट पीडित उनको गए राति निधन भएको हो । सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी खाती पहिलो पटक सन् १९६२ मा काठमाडौँ आएकी थिइन् । काठमाडौँ आएका बेला उनले गीत गाएको सुनेर सङ्गीतकार शिवशङ्कर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत…