Logo

कला/साहित्य

वरिष्ठ गायिका दिलमाया खातीको निधन



काठमाडौँ। वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ । लामो समयदेखि दमको रोगबाट पीडित उनको गए राति निधन भएको हो ।

सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी खाती पहिलो पटक सन् १९६२ मा काठमाडौँ आएकी थिइन् । काठमाडौँ आएका बेला उनले गीत गाएको सुनेर सङ्गीतकार शिवशङ्कर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गरेका थिए । त्यसपछि उनले नेपाली गीत गाउन थालेकी थिइन् ।

अविवाहित दिलमायाले वरिष्ठ गायक गायिका एवम् संगीतकारसँग काम गरेकी छन् । सङ्गीतकार एवम् गायक गोपाल योञ्जन, कर्म योञ्जन, नारायण गोपाल, तारादेवी, मिरा राणासँग उनले गीत गाएकी छन् । उनले एक सय ५० भन्दा धेरै नेपाली गीत गाएको बताइन्छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १२ : ३५ बजे