काठमाडौं। गीतकार, कवि, संगीत, साहित्यसहित कलाको विभिन्न विधामा सक्रिय रहेकी साबु गदाल कार्की अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबलको वरिष्ठ उपाध्यक्ष पदमा सर्वसम्मत चुनिएकी छन् । इनासको पाँचौँ महाधिवेशनबाट चुनिएको अध्यक्ष रामचन्द्र थापा (अष्ट्रेलिया) को कार्यसमितिमा उनले दुई वर्ष वरिष्ठ उपाध्यक्षको हैसियतले कार्यभार सम्हाल्नेछिन् । ‘मेरो कार्यकालमा नेपाली संस्कृति, कला, साहित्य र सिनेमालाई प्रवर्द्धन गर्न…