चितवन। मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा हुन लागेको 'लक्की फिल्मी अवार्ड २०८०' मा नेपाली कलाकारिता क्षेत्रकी पहिलो महिला विशिष्ट हास्यकलाकार बसुन्धरा भुसाललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गर्ने भएको छ । नेपाल चलचित्र क्षेत्रमा विशिष्ट हास्यकलाकार भुसालले पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको हो । सात वर्षको उमेरमा रंगमञ्चबाट कलाकारिता सुरु गरेकी विशिष्ट…