Logo

कला/साहित्य

नरेन्द्रराज र इन्दिरा प्रसाईंले पुरस्कार तथा सम्मान ग्रहण नगर्ने



काठमाडौं । नेपाली साहित्यको श्रीवृद्धिमा सक्रिय नइ प्रकाशनका अगुवा नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईंले नेपाली भाषासाहित्यको श्रीवृद्धिहेतु गठित कुनैपनि संघ संस्थाबाट पुरस्कार तथा सम्मान ग्रहण नगर्ने निर्णय गरेका छन् ।

नई प्रकाशनकी कुलपति इन्दिरा प्रसाईका अनुसार केही संघ संस्थाबाट स्रष्टाहरू सम्मान, पुरस्कार या अभिनन्दन लेनदेनमा समाहित भएको समेत देखिएकाले विविध दोषबाट जोगिन र आफू आबद्ध संस्थाहरुलाई आरोपप्रत्यारोपबाट जोगाउन यस्तो निर्णय गरिएको हो ।

‘हामी नइले मन, वचन र कर्मले खाईनखाई स्थापना गरेका संस्थाउपर कसैले हिलो छ्याप्न नपाऊन्, राजनीतिक रङ दल्न नपाउन् र खोँचे थापेर लाञ्छना लगाउन नसकुन् भन्ने हाम्रो चाहना हो । यी अनेक दोषबाट अलग्गिएर संस्थाको मर्यादा जोगाउनु हामीले हाम्रो प्रमुख कर्तव्य ठानेको बेहोरा पनि सृजनशील बौद्धिक प्राज्ञिक समाजसमक्ष पेस गरेका छौँ,’ कुलपति प्रसाईले विहीबार विहान सामाजिक संजालमा लेखेकी छिन् ।

इन्दिरा–नरेन्द्रराज वानीरा फाउन्डेसन र त्रिमूर्ति निकेतनमा पनि आवद्ध छन् । नइ प्रकाशनको अगुवाइमा केही दिनअघि मात्र नइ प्रकाशनको योगदानको उच्च कदर गरेर नेपाल सरकारको स्वीकृतिमा नेपाल राष्ट्र बैंकले एकसय रुपैयाँको सिक्का प्रकाशनमा ल्याएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  १२ : ०८ बजे